काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी सभापति देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । कांग्रेसले नेविसंघ लगायत भातृ संस्थालाई पूर्णता दिने गृहकार्य थालेको छ ।
यस्तै सभापति देउवाले अब बस्ने केन्द्रीय समिति बैठकको तयारीलगायत विषयमा छलफल गर्ने तयारी छ । माघ १५ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । बैठकमा चुनावी समीक्षालगायत विभिन्न विषयमा छलफल हुनेछ।