काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ । एमालेविरुद्ध बनेको पाँच दलीय गठबन्धन हुँदा ओलीका कट्टर आलोचक भट्टराई ओलीलाई भेट्न सोमबार दिउँसो बालकोट पुगेका थिए ।
उक्त भेटमा समसामयिक राजनीति, सात दलीय सत्ता गठबन्धन, प्रचण्ड नेतृत्वको सरकारको प्रभावकारितालगायत विषयमा कुराकानी गरेको भट्टराइका सचिवालयले जनाएको छ ।
कांग्रेससहितको पाँच दलीय गठबन्धन हुँदासम्म भट्टराई पनि राष्ट्रपति बन्ने चर्चामा थिए । तर गठबन्धन भंग भएसँग उनको सम्भावना टरेको थियो ।