एमाले अध्यक्ष ओली भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड सोमबार बिहान ओली निवास बालकोट पुगेका हुन् ।

भेटमा सभामुखको निर्वाचन, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री र एमाले अध्यक्षबीच कहिले बालुवाटार त केहिले बालकोटमा निरन्तर छलफल भइरहेको छ ।


सत्ता साझेदार दलको संख्या धेरै भएका कारण मन्त्रालय बाँडफाँडमा समस्या भएकाले सहमति जुटाउन निरन्तर छलफल भइरहेको छ । प्रधानमन्त्रीले आइतबार मन्त्रिपरिषद विस्तार गर्ने बताएपनि हुन सकेको छैन । सुरुमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरिएकोमा चार मन्त्री अझै विना विभागीय छन् ।