काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज पनि बस्दैछ । सोमबार देखी सुरु भएको बैठकमा सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा छलफल चलिरहेको छ ।
पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ ।
पार्टीले सरकारमा कसैले औपचारिक रुपमा सहभागी हुन नभने सहभागी नबन्ने धारणा राखिसकेको छ ।