काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सरकारले जाने/नजानेबारे निर्णय लिने जिम्मा पार्टीको सचिवालयलाई दिएको छ । मंगलबार सम्पन्न पार्टी पोलिटव्यूरो बैठकले सरकारमा जाने नजाने निर्णय गर्ने जिम्मा सचिवालयलाई दिने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा अधिकांश नेताहरुले सरकारले देश र जनताको हितमा ल्याउने कार्यक्रमलाई हेरेर मात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।
त्यसैगरी बैठकले वामपन्थी पार्टीहरुबीचको एकता र सहकार्यका लागि आवश्यक गृहकार्य गर्ने अनुमति पनि पार्टी केन्द्रिय सचिवालयलाई नै प्रदान गरेको छ ।
पार्टी भित्र संगठन सुदृढीकरण र सुद्धिकरण अभियान संचालन गर्ने, पार्टीको सदस्यता विस्तार गर्ने, पार्टीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानलाई पनि अघि बढाउने काममा अघि बढने निर्णय पनि पोलिटव्यूरो बैठकले गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।