एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिनेमा विश्वस्त छुः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिनेमा आफु विशवस्त रहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भएको वार्तापछि प्रचण्डले पत्रकारलाई सो प्रतिक्रिया दिएका हुन् ।


‘उहाँहरु सकारात्मक हुनुहुन्छ । विश्वासको मत दिनेमा कुनै शंका छैन,’ उनले भने । १० पुसमा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आगामी २६ गते संसदबाट विश्वासको मत लिँदैछन् ।