अर्थमन्त्री विष्णु पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी



काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त जिम्मेवारी दिएको हो ।

मन्त्रिपरिषदले पूर्णता पाउन नसकेका कारण सञ्चारमन्त्री नियुक्त हुन सकेको छैन । विगतमा सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने प्रचलन रहेको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने कार्यक्रम रहेको छ । विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी रहेको छ ।