२०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं : बाबुराम भट्टराई



काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना नगरे ठूलो दीर्घकालीन क्षति हुनसक्ने चेतावनी दिएका छन् ।

बिहीबार राति सामाजिक संजालमार्फत भट्टराईले सरकारको अंक गणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था धरापमा पर्नसक्ने चेतावनी दिएका हुन् । उनले २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम बिर्सन नहुने बताएका छन् ।


उनले भनेका छन्, ‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्छ ! सरकारको अंक गणितनिम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ। २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं !’