‘हत्या अभियोग लागेका सांसद्‍ले सभामुखलाई मतदान गर्न पाउँछन् कि पाउँदैनन् ?’



काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद बैठकमा हत्या अभियोग लागेका सांसद सहभागी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा उनले सभामुख चयनको निर्वाचन प्रक्रियाअघि बढिरहेका बेला हत्या अभियोग लागेका सांसद सहभागी भएकाको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।


‘अहिले सभामुखको निर्वाचन हुँदैछ । आज सभामुखको निर्वाचन हुने बेलामा हत्या अभियोग लागेका सांसद्हरु पनि यहीँभित्र छन् भन्ने सुनिन आएको छ । म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु हामी चिन्दैनौं उहाँलाई । यदि उपस्थित हुनुहुन्छ भने उहाँलाई मतदान प्रक्रियामा भाग लिन पाउने/नपाउने निर्क्योल गरेर मात्रै सभा सञ्चालन गरियोस् भन्ने माग गर्न चाहन्छु,’ खतिवडाले भने ।