सेयर बजारमा ८.१५ अंकको वृद्धि



काठमाडौँ । मंगलबार सेयर बजार नेप्से सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार ८.१५ प्रतिशतले बढेर २१७३.२५ विन्दु पुगेको छ ।

नेप्सेको अनुसार आज ८३ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्बको कारोबार भएको छ । आज सबैभन्दा बढी नेपाल टेलिकमको १२ करोड रुपैयाँको कारोबार भएको छ । सानिमा जिआइसी लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्दा कम्पनीको सेयर मूल्य ४० रुपैयाँले बढेको छ ।


शिवश्री हाइड्रो, गुहेश्वरी मर्चेन्ट बैंक, मल्टिप्रपोप फाइनान्सको मूल्य समेत धेरैले बढेको छ । मैलुङ खोला जलविद्युतको मूल्य सबैभन्दा धेरै ५.४८ प्रतिशतले घटेको छ ।