सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावलको दाबी



धनगढी । उनान्तीस प्रदेशसभा सदस्यको समर्थनसहित सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले दाबी पेश गरेका छन् ।

रावलले सत्ता गठबन्धनभित्रका ११ माओवादी, १० एमाले, सात नागरिक उन्मुक्ति पार्टी र एक राप्रपा गरी २९ जना सदस्यको समर्थनसहित दाबी पेश गरेका हुन् ।


केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालोपालो गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार एमालेले मुख्यमन्त्री दाबी गर्दा सभामुख माओवादीको भाग परेको छ ।

माओवादीको भागमा परेको सभामुखमा भीमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गरिसकेका छन् भने, नेपाली कांग्रेसबाट सभामुखमा मानबहादुर रावलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।