सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।आज (मंगलबार) दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई शपथ गराएका हुन् ।
माओवादी केन्द्रका भण्डारी मंगलबार बिहान १० बजे बसेको प्रदेश सभाको बैठकबाट भएको निर्वाचनमा विजयी भएका हुन् ।आज नै प्रदेश सभाको उपसभामुखका लागि निर्वाचन हुने तयारी छ । सत्ता साझेदारी दलले यहाँ उपसभामुख नागरिक उन्मुक्ति पार्टीको भागमा परेको छ ।
नागरिक उन्मुक्तिले भने आफ्नो माग पूरा नभएसम्म तत्काल सरकारमा सहभागी नहुने बताएको छ । सोही अनुसार उपसभामुखका लागि पनि उम्मेदवार नठाउने नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले बताए ।