सिभिल मलमा एक युवकले आफैंलाई लगाए आगो



काठमाडौँ । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफैंलाई आगो लगाएका छन् । काठमाडौं महानगरपालिका १६ बस्ने निशान गुरुङले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गुरुङले आफैंलाई पेट्रोल छर्किएर आत्महत्याको प्रयास गरेपछि स्थानीय र मलका सुरक्षा गार्डले आगो निभाएका थिए । घटनापछि तुरुन्तै उनलाई प्रहरीले उद्धार गरी वीर अस्पतालको ट्रमा सेन्टर पुर्‍याएइएको थियो ।


थप उपचारका लागि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ । गुरुङको अनुहार र शरीरका केही भागमा आगोले पोलेको छ । उनले आत्मदाह किन गर्न खोजे भन्ने बारेमा उनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।