काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछाने आफ्नो लागि आशाको केन्द्र रहेको बताएका छन् ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर सर्वोच्च अदालतले गरेपछि लामिछानेको सांसद र मन्त्री दुवै पद गएको छ ।
सर्वोच्च अदालतको उक्त फैसालापछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै अध्यक्ष राउतले सो कुरा बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो । बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो ।’