सांसद शुक्लाको प्रश्न : १० दिनमै एजेण्डा फेर्न प्रधानमन्त्रीलाई के यस्तो आइपर्‍यो ?



काठमाडौँ । सांसद सर्वेन्द्रनाथ शुक्लाले राष्ट्रिय सहमतिको कुरा गर्ने प्रधानमन्त्रीले १० दिन नबित्दै एजेण्डा फेरेको बताएका छन् । प्रतिनिधि सभाको आज (शनिबार) को बैठकमा उपसभामुखमा मुक्ता यादवलाई समर्थन गर्दै शुक्लाले राष्ट्रिय सहमतिको एजेण्डासहित प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि प्रधानमन्त्रीले सहमति पालना नगरेको आरोप लगाए ।

उनले भने, ‘हामीले राष्ट्रिय सहमति कायम गर्ने गरी प्रधानमन्त्रीलाई समर्थन गर्‍यौं । विश्वासको मत दियौं । समझदारी अनुसार नै उहाँले करिब ९९ प्रतिशत मत सहित संसदमा विश्वासको मत लिनुभयो । तर, १० दिन नबित्दै के भयो? जहाँ सभामुख चयन गर्दा पक्ष विपक्षमा मतदान गर्नुपर्‍यो । आज उपसभामुखमा पनि किन पक्ष विपक्ष गर्नुपर्ने अवस्था आयो ?’