काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको बिहीबारको सुनुवाइ स्थगित भएको छ । सन्दीपका कानून व्यवसायीका अनुसार आफ्नै टीमका कानुन ब्यवसायी बिरामी परेकोले आजको पेशी स्थगित भएको हो ।
आफूलाई पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले गरेको पुनरावेदन आज तेस्रो पटक सरेको हो। पहिलो पटक र यो पटक सन्दीपकै कानून व्यपासायीले स्थगित गरेका हुन् भने दोस्रो पटक हेर्न नभ्याइने सूचीमा परेको थियो।