माेरङ । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता सहकर्मी सबै दलको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल निर्माण गर्ने बताएका छन् ।
प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङबाट आज साँझ मुख्यमन्त्रीमा नियुक्ति भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सत्ता सहकर्मी दलहरूबीच छलफल गरी पुस २५ गते दिउँसो मन्त्रिमण्डल सदस्यको शपथ ग्रहण गर्ने जानकारी दिए । मुख्यमन्त्री कार्कीले प्रदेश सञ्चालनमा मुख्य प्राथमिकतामा सुशासन रहेको बताए ।
वर्तमान सरकार पाँच वर्ष सञ्चालन हुने छ भन्दै उनले मुख्यमन्त्रीमा आलोपालो सञ्चालन गर्ने सम्बन्धमा कुनै सम्झौता नभएको प्रष्ट पार्र । उनले सभामुख कसले पाउने सम्बन्धमा आपसी छलफलद्वारा निर्णय गरिने जानकारी दिए ।