काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो लागेर २१६८.५३ विन्दुमा पुगेको छ ।
आइतबार २६७ कम्पनीको कारोबार हुँदा ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । यसैगरी ३ अर्बभन्दा बढी रकमको कारोबार भएको छ ।
सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको १० करोड र हिमालयन ऊर्जा विकास कम्पनीको नौ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज समृद्धि फाइनान्स, एचआईडीसीएल र सिभिल लघुवित्त कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि बाराही हाइड्रो, लुम्बिनी जनरल इन्सुरेन्स, आदर्श लघुवित्त, सूर्या ज्योति लाइफ इन्सुरेन्स र इन्ट्रन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।