विश्व स्वास्थ्य सङ्गठनका प्रमुखद्वारा चीनसँग कोरोनाको सूचनाबारे छलफल



विश्व स्वास्थ्य सङ्गठनका प्रमुखटेड्रस आधनम ग्याब्रियसले चीनले कोरोना महामारीको विषयमा सूचना उपलब्ध गराउन आग्रह गरेका छन् ।

उनले चिनियाँ स्वास्थ्य अधिकारीसँगको कुराकानीमा यथार्थ जानकारी गराउन आग्रह गरेका हुन् । सङ्गठनका प्रमुख ग्याब्रियसले चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक सियाओइसँग कुराकानी गरेका थिए ।


निर्देशक सियाओइले भने चीनले यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै कोरोनाका बारेको सूचना उपलब्ध गराउँदै आएको बताएका थिए । निर्देशक सियाओइले चीनले नै सबैभन्दा बढी कोरोनाको उपचार, यसको भाइरसका साथै अन्य उपचारसम्बन्धी सूचनाहरु सुरुदेखि नै उपलब्ध गराउँदै आएको जानकारी दिएका थिए ।

विश्व स्वास्थ्य सङ्गठन र अरु देशहरुले पछिल्लो समयमा चीनमा फैलिएको कोरोनाको सूचना उपलब्ध नगराएको आरोप लगाउँदै आएका छन् ।

तर चीनलेसङ्क्रमणका विषयमा कुनै पनि सूचना नलुकाएको र सबै सूचनाहरु उपलब्ध गराउँदै आएको दाबी गरेको छ । चीनमा पछिल्लो एक महिनामा कोभिडका कारण ६० हजारको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।