विमान दुर्घटना : रामचन्द्र पौडेल पौडेलद्वारा दुःख व्यक्त



काठमाडौँ । पोखरामा आज बिहान भएको यती एयरलायन्सको जहाज दुर्घटनाप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । वरिष्ठ नेता पौडेलले शोकवक्तव्य जारी गरी दुर्घटनाको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्।

वरिष्ठ नेता पौडेलले घटनामा परी दिवङ्गत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।


आज बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित उडेको एआरटी ७२ विमान पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो ।