लुम्बिनी प्रदेशसभा सदस्यहरुको आज शपथ



दाङ । लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज (आइतबार) पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नव निर्मित प्रदेशसभा भवनमा आइतबार प्रदेशसभाका प्रदेश प्रमुख अमिक शेरचनले सबै प्रदेशसभा सदस्यहरुलाई शपथ गराउने छन् ।

प्रतिनिधि सभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने र त्यसपछि ज्येष्ठ सदस्यले अरुलाई शपथ खुवाउने व्यवस्था छ । तर, लुम्बिनीमा भने प्रदेश प्रमुखले नै सदस्यहरुलाई शपथ खुवाउने गरेका छन् । लुम्बिनी प्रदेश सभामा यस पटक १० दलका प्रदेश सभा सदस्य रहेका छन् ।


८७ सदस्यीय प्रदेश सभामा नेकपा (एमाले) बाट २९, नेपाली कांग्रेसबाट २७, नेकपा (माओवादी केन्द्र) बाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४-४ जना, जसपा, लोसपा, जनमत पार्टी र स्वतन्त्रबाट ३-३ जना तथा नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबाट एक-एक जना सांसद रहेका छन् ।