बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन्। बिहीबार दिउँसो बसेको प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन् ।
नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय भएको थियो ।
आठ राजनीतिक दल र दुई स्वतन्त्र सांसदगरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री गिरीलाई एमाले २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाजवादी १ र २ स्वतन्त्र सांसदसहित ५८ जनाले पक्षमा मतदान गरेका थिए ।
मख्यमन्त्री गिरीको विपक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय जनमोर्चाको एक गरी २८ जनाले मतदान गरेका छन्। सभामुख र उपसभामुख निर्वाचनमा समर्थन गरेका नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्रीलाई विश्वासको मतमा भने विपक्षमा उभिएका छन् ।