काठमाडाैँ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाको रिक्त एक पदका लागि आगामी माघ २५ गते बुधबार हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रमअनुसार अगामी माघ ८ गते मतदाता नामावली प्रकाशन गर्ने, दाबी विरोधलगायत प्रक्रिया पूरा गरी माघ १० गते अन्तिम नामावली प्रकाशन गरिनेछ ।
माघ ११ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरी दाबी विरोध, छानविन, उम्मेदवारले नाम फिर्ता लिने, माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । माघ १६ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने तथा २५ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।