राष्ट्रियसभा अध्यक्षद्वारा वर्षमानको स्वास्थ्य लाभको कामना



काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि जावलाखेलस्थित सुमेरु सिटी अस्पतालमा उपचार गराइरहेका पूर्वमन्त्री पुनलाई आज  भेटेर अध्यक्ष तिमिल्सिनाले स्वास्थ्य लाभको कामना गरेका हुन् । 


लामो समयदेखि वंशाणुगत जन्डिसको उपचार गराइरहेका पुनको अहिले कलेजोमा समस्या देखिएको अस्पतालले जानकारी दिएको छ ।