राष्ट्रपति, सभामुखजस्ता पदका लागि छलफल गर्न कांग्रेस तयार



काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख उपसभामुखजस्ता पदका लागि छलफल गर्न तयार रहेको जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरुलाई तटस्थ पदका लागि सहमती गरेर अघि बढ्न सकिने प्रस्ताव गरेका थिए ।


प्रधानमन्त्रीको प्रस्तावको जवाफमा बैठकमा उपस्थित कांग्रेसका नेताहरुले यसबारे छलफल गर्न आफूहरु तयार रहेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

नेता लेखकले आफ्नो पार्टी प्रतिनिधिसभामा प्रतिपक्षमा भएपनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा चासो राखेको बताएका थिए ।

‘प्रमुख प्रतिपक्षी दलकै भूमिका निर्वाह गर्दै गर्दा र त्यसमै कायम रहेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालन गर्नुपर्ने, संरक्षण गर्नुपर्ने, तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने, सबै राजनीतिक दल र नेपाली जनताको संस्था अथवा नेता भएर बस्नुपर्ने पदहरु भएकाले हामी प्रमुख प्रतिपक्षी दलमा भएर पनि यसको विषयमा छलफल गर्न तयार छौैं’ लेखकले भने, ‘प्रधानमन्त्रीले यी पदहरुमा छलफल गरेर अघि जान सकिन्छ कि भनेर भन्नु भएको छ । ‘