काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजेन्द्र लिङ्देन मन्त्री बन्ने भएका छन् ।
लिङ्देन उपप्रधानसहित ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री बन्ने भएका हुन् । राप्रपाको भागमा तीन मन्त्रालय परेको छ । जसमा उर्जा, खेलकुद र शहरी मन्त्रालय रहेको छ ।
त्यस्तै उपाध्यक्ष ध्रुव बहादुर प्रधान सहरी विकास मन्त्री बन्ने निश्चित भएको छ । त्यस्तै दीपक बहादुर सिंह सहरी विकास राज्यमन्त्री बन्ने भएका छन् ।