काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले याे कार्यकालमा काम गरेर देखाउने प्रतिवद्धता दोहोर्याएका छन् ।
गणतन्त्र घोषणा भएपनि जनताका जीवनस्तरमा कुनै परिवर्तन नआएकोमा चिन्ता व्यक्त गर्दै उनले यो कार्यकालमा भाषणभन्दा काम धेरै गरेर देखाउने बताए ।
शुक्रबार नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तेस्रो कार्यकाल मेरो लागि ठूलो परीक्षाको रुपमा लिएको छु । गणतन्त्र घोषणा भयो तर जनताको जीवनस्तरमा कुनै परिवर्तन आएन । यो कार्यकालमा म भाषण कम, धेरै राम्रो काम गरेर देखाउँछु ।’