यति एयरलाइन्स दुर्घटना : विमानमा सवार यात्रुको राष्ट्रियता खुल्यो



काठमाडौँ । पोखरामा आज बिहान दुर्घटनाग्रस्त विमानमा सवार यात्रीको राष्ट्रियता खुलेको छ ।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो ।


यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।

विमानमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रुसका, दुई जना कोरियाली तथा आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका एक जना यात्रु सवार थिए ।