मेक्सिकोको सर्वोच्च अदालतमा पहिलो महिला प्रधानन्यायाधीश



मेक्सिकोको सर्वोच्च अदालतले तीन चरणको मतदानपछि नोर्मा पिना हर्नान्डेजलाई देशको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश निर्वाचित गरेको छ ।

मेक्सिकोको अखबार रिफार्माले जनाएअनुसार संघीय न्यायपालिकामा ३४ वर्षको अनुभव संगालेकी नोर्माले चार उम्मेद्वारहरूलाई पछिपार्दै उनी प्रधानन्यायाधीश निर्वाचित भएकी हुन् । विजयी भएपछि उनले सबैको साथ, समर्थन र सहमति हुनुपर्नेमा जोड दिएकी छिन् ।


उनले भनिन् – ‘म धेरै बलियो महसुस गर्छु किनभने हामी सबै एकजुट छौं।’ हर्नान्डेजलाई सन् २०१५को को अन्त्यमा तत्कालीन राष्ट्रपति एनरिक पेना निटोद्वारा अदालतमा मनोनीत गरिएको थियो ।