मुग्लिन–नारायणगढ सडक खण्डमा आज र भोलि गाडी नरोकिने



चितवन । मुग्लिन–नारायणगढ सडक खण्डमा आज र भोलि गाडी नरोकिने भएको छ । पुल बनाउनको लागि भित्तो काट्नु पर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको यो सडक खण्डमा माघे सङ्क्रान्तिका लागि आज र भोलि गाडी नरोकिने भएको हो ।

माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढा–टाढाबाट समेत आउने भएकाले आज र भोलि सडक पूर्णरुपमा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । यो सडक खण्डमा गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ ।


निर्माणाधीन पाँचवटा पुलमध्ये तीन वटाको भित्तो काट्ने काम सकिएको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ ।