मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नँ : दीपक मनाङे



पोखरा । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरूङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री खगराज गुरूङलाई विश्वासको मत नदिने बताएका छन् । उनले बिहिबार फेसबुकमा स्टाटस् लेख्दै शुक्रबार हुने मुख्यमन्त्रीको विश्वासको मतमा आफूले विपक्षमा मतदान गर्ने बताएका हुन् ।

यस्तो छ फेसबुक स्टाटस् :


गण्डकी प्रदेशमा एमालेबाट प्रस्तावित मुख्यमन्त्री माननीय खगराज अधिकारीले लिन गएको विश्वासको मतमा म मनाङ जिल्ला (ख) बाट निर्विरोध निर्वाचित प्रदेशसभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु ।

एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ मतबाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानुभन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु । धन्यवाद !!