माओवादीबाट रेखा शर्मा सञ्चारमन्त्री



काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा मन्त्री बन्ने पक्का भएको छ । दाङ २ बाट निर्वाचित सांसद शर्मा सूचना तथा सञ्चारमन्त्री बन्ने भएकी हुन् ।

त्यस्तै सुदन किराती पर्यटनमन्त्री मन्त्री बन्ने पक्का भएको छ । त्यस्तै अमनलाल मोदी पनि मन्त्री बन्ने भएका छन् । तथापी उनले कुन मन्त्रालय पाउने टुंगो लागेको छैन ।


सोमबार अबेर रातिसम्म बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा माओवादीले चार वटा मन्त्रालय पाउने सहमति भएको थियो । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।