माइतीघरमा प्रदर्शन : देशमै केहि गर्छु भन्नु अपराध हो सरकार ?



काठमाडौँ । काठमाडौँको बानेश्वरमा मंगलबार आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

सरकारका कारण आचार्यले आत्मदाह गर्न बाध्य भएको भन्दै विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरुले खबरदार सरकार अब दलाल पाल्न पाइँदैन, देशमै केही गर्छु भन्नु अपराध हो सरकार, यो आत्महत्या होइन, हत्या होलगायत देखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।