काठमाडाैँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाका सबै सेवालाई छिटोछरितो बनाउन छलफल गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेयलगायत यातायातका कर्मचारीलाई यातायात व्यवस्थाका सबै सेवालाई अनलाइनसहित छिटो छरितो र सरल बनाउने विषयमा छलफल गरेकाे उनका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।
यातायात व्यवस्थाका सेवाको ढिलासुस्तीबारे जनगुनासो आएपछि मन्त्री श्रेष्ठले यातायातका सेवा सुविधालाई छिटोछरितो बनाउन आग्रह गरेका हुन् ।