मन्त्रिपरिषदले आजै पूर्णता पाउँछः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदलाई आजै पूर्णता दिने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई आजै पूर्णता दिने बताएका हुन् ।

उनले भने,‘मन्त्रिपरिषद विस्तारले आज पूर्णता पाउँछ । हाम्रो यही विषयमा कुरा भएको छ।’ प्रधानमन्त्री एमाले अध्यक्ष ओलीलाई भेट्न बिहान दश बजे बालकोट गएका थिए ।


प्रधानमन्त्री र अध्यक्ष ओलीबीच दिउँसो तीन बजेसम्म छलफल भएको थियो । दुई नेताबीच सभामुख निर्वाचन र मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको थियो ।

पुस १० गते एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त नभएका प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।