भ्रष्टाचार सूचकाङ्क : डेनमार्कमा सबै भन्दा कम भ्रष्टाचार, नेपाल ११० औं स्थानमा



काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । जसअनुसार डेनमार्क सूचकाङ्कमा सबैभन्दा धेरै ९० अङ्क पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ । यता नेपाल जम्मा ३४ अङ्क पाएर भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा परेको छ ।

टीआईका अनुसार अघिल्लो वर्ष नेपालको स्थान ११७ औं स्थानमा रहेकामा यो वर्ष केही सुधार भए पनि भ्रष्टाचार हुने मुलुकहरूको श्रेणीमै कायम रहेको टीआई नेपालले मंगलबार जारी गरेको रिपोर्टमा उल्लेख छ । यस सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक (स्कोर) प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा मानिने गरिएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुईतिहाई मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको उल्लेख गरिएको छ ।


सिपिआई २०२२ मा नेपाललाई १०० मा ३४ अंक (११) औं स्थान दिइएको छ । सन् २०२१ मा ११७ औं मा रहेकोमा २०२२ मा ११० औं स्थानमा रहेको थियो । CPI 2021 मा नेपालको अंक ३३ (११७ औं स्थान) रहेको थियो । नेपालको अंकमा केही सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको छ ।