बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा बाँकेमा दुई वर्षीय छोराको मृत्यु, श्रीमती घाइते



नेपालगन्ज । बाँकेमा बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा छोराको मृत्यु भएको छ भने श्रमती घाइते भएकी छन् । बाँकेको कोहपलुर नगरपालिका–१, शक्तिनगरका भानुभक्त विकले पेट्रोल छर्किएर आगो लगाउँदा २ वर्षीय छोरा प्रिन्सको मृत्यु भएको हो ।

श्रीमती गंगासँग झगडा भएपछि विकले पेट्रोल छर्किएर आगो लगाएका थिए । छोरा प्रिन्सको सोमबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।


गंगाको भेरी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले भानुभक्तलाई पक्राउ गरेको छ । उनी भारततिर भाग्दै गर्दा आइतबार राति नै पक्राउ परेका थिए ।