बाजुरामा अस्पताल लैजाँदै गर्दा गर्भवती महिलाको मृत्यु



बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–१ पिनालेकका एक गर्भवती महिलाको मृत्यु भएको छ । २६ वर्षीया गर्भवती जानकी विकको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मुटु सम्बन्धि रोगबाट पनि ग्रसित जानकीलाई डाक्टरले उपचारका लागि भारत लैजान अस्पतालले सिफारिस गरेको थियो । तर, ढिलो गरि लैजाँने क्रममा बाटोमै गाह्रो भएपछि अछामको बयालपाटा अस्पताल लगिएको थियो ।


तर अस्पताल पुग्नुअघि नै उनको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए । विकलाई महेन्द्रनगरतर्फ बसमार्फत् लैजाने क्रममा चौखुट्टेमा समस्या आएपछि उपचारका लागि बयालपाटातर्फ लगिएको थियो ।