काठमाडौंँ । बागमती प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकार गठनका लागि पाँच दिनभित्र दाबी पेश गर्न आह्वान गरेका हुन् ।
उनले सरकार गठनको आह्वान भएको दिनदेखि ५ दिन भित्र मुख्यमन्त्रीमा बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेस गर्न आह्वान गरेका छन् । उनले आगामी पुस २५ गते अपराह्न ४ बजे भित्र सरकार गठनको लागि दावी गर्न समय दिएका छन् ।
११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन आवश्यक हुन्छ । बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना सांसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।