मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज मंगलबार प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।
मुख्यमन्त्री जम्मकट्टेलले आज मंगलबार मध्यान्न १२ बजे बस्ने प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
जम्मकट्टेल २५ पुसमा बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी प्रदेशसभाको पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
मुख्यमन्त्री जम्मकट्टेललाई नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसद गरि ७० जना सांसदको समर्थन रहेको छ ।