काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले विधि र पद्धतिभन्दा बाहिर गएर काम नगर्ने बताएका छन् ।
बिहीबार संसद्मा कांग्रेस सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी पनि सदनमा उपस्थित भएको उल्लेख गरेपछि गृहमन्त्री लामिछानेले त्यसको जवाफ दिएका हुन् ।
कर्मचारी सरुवा बढुवा र कानुनी शासनको पालनामा कुनै कसर बाँकी नराख्ने गृहमन्त्री लामिछानेले बताए । लामिछानेले भने, ‘माननीय सांसदज्युले फरार रहनु भएका मानिस संसद्मा हुनुहुन्छ भन्नुभयो । विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालयले काम गर्नेछैन । कर्मचारीको सरुवा बढुवामा भनसुनका आधारमा चल्ने छैन । कुनै पनि दबाब र प्रलोभनमा काम हुने छैन । विधि र पद्धतिभन्दा बाहिर गएर काम हुने छैन ।’