प्रधानमन्त्री र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता



काठमाडौँ । अमेरिकाकाको विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

आइतबार साँझ नेपाल आइपुगेकी उपविदेशमन्त्री भिक्टोरियाले सोमबार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी हुन् ।


प्रधानमन्त्रीको सचिवालयले दुईजनाबीच दुई पक्षीय साझेदारीका विभिन्न विषय तथा आपसी हितका विषयमा छलफल भएको जानकारी दिएको छ । नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

नुल्यान्ड ३३ वर्षयता अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छिन् । उनी नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन् ।