प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर शाहले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।


यसअघि गृहमन्त्रीसँग भेट गरेर काठमाडौंको वागमती करिडोरमा रहेका सुकुम्वासी हटाउन सहयोग मागेका बालेनले अहिले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।

पछिल्लो समय मेयर शाहविरुद्धको जनमत बढ्न थालेको छ । हिजो (आइतबार) मात्रै काठमाडौंमा उनीविरुद्ध आन्दोलन भएको थियो । गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको आरोप बालेनमाथि लगाइएको छ ।