प्रदेश-१ : मुख्यमन्त्री हिक्मत र ३ मन्त्रीले लिए शपथ



विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङसँग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

त्यस्तै, कार्कीले ३ जनालाई मन्त्री पनि नियुक्त गरेका छन् । एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बू मन्त्री नियुक्त भएका छन्  । विना विभागीय मन्त्री बनेका उनीहरूले पनि मुख्यमन्त्री कार्कीसँगै शपथ लिएका छन् ।