‘प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन होस्ः हामी मत दिन्छौँ’



काठमाडाैँ । जनता समाजवादी पार्टीका सांसद अशोक राईले सुशासनसहितको आर्थिक समृद्धि हासिल गर्ने सरकारको प्रतिबद्धतालाई पूर्णरुपमा कार्यान्वयन गर्न सरकारलाई विश्वासको मत दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले अर्थतन्त्रको विद्यमान चुनौतीको समाधान गरी बेरोजगारी अन्त्य र रोजगारी सिर्जना सरकारको दायित्व रहेको बताए । उनले विकासका पूर्वाधारलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताए । राजनीतिक उपलब्धिको रक्षा गर्दै गणतन्त्र सुदृढीकरण गर्नुपर्नेमा जोड दिँदै उनले संविधानको सबल पक्षको व्यावहारिक कार्यान्वयन गर्नुपर्ने बताए ।