प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने निर्णय अस्वाभाविक : मिनेन्द्र रिजाल



काठमाडौं। नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णय अस्वाभाविक भएकाे टिप्पणी गरेका छन् ।

रिजालले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीमाथिको विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिनुले सम्बन्ध वैमनस्यताको नबन्ने बताएका छन् । लोकतन्त्रमा सरकार र प्रतिपक्षको सम्बन्ध स्वस्थ प्रतिस्पर्धा, आलोचना, खबरदारी र विकल्प प्रस्तुतिको हुनुपर्ने उनको भनाइ छ।


‘प्रधानमन्त्रीमाथिको विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिनुले सम्बन्ध वैमनस्यताको बन्दैन। त्यसैले यो प्रस्तावको पक्षमा मत दिने नेपाली कांग्रेसको निर्णय अस्वाभाविक छ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन् ।