पोखरा विमान दुर्घटना : सोमबार शोक बिदा दिने सरकारको निर्णय



काठमाडौँ । यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले भोलि सोमबार शोक विदा दिने घोषणा गरेको छ । विमान दुर्घटनापछि आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको उपप्रधा तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

विमान दुर्घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका थिए । आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान सेती नदीको खोचमा खसेर द्ुर्घटनाग्रस्त भएको थियो ।


विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । अहिले दुर्घटनास्थलमा सुरक्षाकर्मीले उद्दार जारी राखेका छन् । सुरक्षाका खटिएका सुरक्षाकर्मीका अनुसार अहिलेसम्म ४१ जनाको शव निकालिएको छ ।