पूर्वराजा शाहद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त



काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । पूर्वराजा शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेको हो ।

विज्ञप्तिमा आज पोखराको सेती खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति पूर्वराजाले गहिरो दुःख व्यक्त गरेको उल्लेख छ ।


साथै विमान दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन् ।