पदक वितरणको मापदण्ड बनाउन समिति गठन



काठमाडौँ । सरकारले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गर्ने भएको छ । बुधबार सिहंदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभूषण वितरणकाे मापदनण्ड बनाउन समिति गठन गर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि गठित समितिको नाम पछि सार्वजनिक गर्ने बताए ।


विभूषण प्रदान गर्दा आफ्नो क्षेत्रका, आफ्नो विधाका सम्मानित व्यक्तिलाई दिने सुनिश्चित होस भनेर विभूषण वितरणको मापदण्ड बनाउन लागेको मन्त्री पौडेलले जानकारी दिए ।

उनले भने, ‘आफ्नो क्षेत्रका, आफ्नो विधाका सम्मानित व्यक्तित्वलाई दिने कुरा सुनिश्चित होस् भनेर विभूषणका विषयमा अध्ययन समति गठन गर्ने निश्कर्षमा मन्त्रिपरिषदको आजको बैठक पुगेको छ ।’