नेटो र इयुबीच सहयोग सम्बन्धी घोषणापत्रमा हस्ताक्षर



उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) र युरोपेली सङ्घ (इयु) ले सहयोगसम्बन्धी तेस्रो संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन् । यसको उद्देश्य आफ्नो रणनीतिक साझेदारी सहकार्यलाई अझ थप विस्तार गर्ने र सामूहिक युरोपेली रक्षालाई सुदृढ पार्ने रहेको बताइएको छ ।

घोषणापत्रमा युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले हस्ताक्षर गरेका हुन् ।


उनीहरूले सम्झौताको प्रशंसा गर्दै यसले सङ्घ र गठबन्धनबीचको उत्कृष्ट सहयोगलाई अझ गहिरो बनाउने बताएका छन् ।

लेनले इयुले बेलारुसमाथि नयाँ प्रतिबन्ध लगाउने र रुसलाई समर्थन गर्ने देशहरूमा उपायहरू विस्तार गर्ने चेतावनी दिएकी छन् ।

त्यसैगरी स्टोल्टेनबर्गले युक्रेनको लागि ट्रान्सएट्लान्टिक साझेदारी र समर्थन सन् २०२३ मा थप सुदृढ हुँदै जाने कुरामा जोड दिएका छन् ।

उनले युरो–एट्लान्टिक सुरक्षामा नेटोको महत्त्वपूर्ण भूमिकामा जोड दिँदै घोषणाको महत्वलाई जोड दिएका छन्। उनले यो घोषणा सन् २०१६ र २०१८ मा गरिएका संयुक्त घोषणाहरूमा आधारित रहेको बताएका छन् ।